चौदण्डीगढी नगरपालिकाले हावाहुरी र पानीले क्षति गरेको धानवालीको लगत संकलन गर्दै
बेल्टार । लगातारको अबिरल बर्षा र हावाहुरीका कारण क्षति पुगेको धान वालीको तथ्याङ्क संकलन थालिएको छ । चौदण्डीगढी नगरपालिकाले १० वटै वडामा तथ्याङ्क संकलन थालेको हो ।
हावाहुरी र बर्षाका कारण कृषकहरुले लगाएको धानबालीमा क्षति गरेपछि केन्द्रको सर्कुलर बमोजिम कृषि ज्ञान केन्द्रको पत्रचार अनुसार तथ्याङ्क संकलन थालिएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिनुभयो । उहाँले लगत संकलन गरी प्रद...











