उदयपुर । महालेखा परिक्षकले उदयपुरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुसार जिल्लाका ८ स्थानीय तह बेरुजुले थलिएको पाइएको हो । महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ उदयपुरमा सवैभन्दा बढि कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबभन्दा कम उदयपुरगढी गाउँपालिकाको देखिएकोे छ । प्रतिशतको हिसावले आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी बेरुजु लिम्चुङबुङ गाउँपालिका र सवैभन्दा कम उदयपुरगढी गाउँपालिकामा मलेप प्रतिवेदनले देखिएको छ । बजेट रु. हजारमा रहेको छ ।
महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्व ६३ करोड ९४ लाख २३ हजार मध्ये ५ करोड ४३ लाख २७ हजार अर्थात ३.६८ प्रतिशत, त्रियुगा नगरपालिकामा २ अर्व ४२ करोड ७ लाख ६९ हजार मध्ये बेरुजु ५ करोड ४ लाख ८६ हजार अर्थात २.०९ प्रतिशत देखिएको छ ।

यस्तै बेलका नगरपालिकाको १ अर्व ४४ करोड ५ लाख ३५ हजार मध्ये २.७९ प्रतिशत अर्थात ४ करोड १ लाख ७९ हजार, रौतामाई गाउँपालिकाको ९७ करोड ७८ लाख ४६ हजार मध्ये ३.६८ प्रतिशत अर्थात ३ करोड ५९ लाख ५४ हजार बेरुजु मलेप प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लिम्चुङबुङ गाउँपालिकाको ५७ करोड २२ लाख ६८ हजार बजेट मध्ये ३.८१ प्रतिशत अर्थात २ करोड १८ लाख १३ हजार, चौदण्डीगढी नगरपालिकाको १ अर्व ६१ करोड ५५ लाख ५३ हजार मध्ये १.२२ प्रतिशत अर्थात १ करोड ९६ लाख ३८ हजार बेरुजु मलेप प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ताप्ली गाउँपालिकाको ६६ करोड ३ लाख ३७ हजार मध्ये २.५३ प्रतिशत अर्थात १ करोड ६७ लाख २३ हजार र उदयपुरगढी गाउँपालिकाको बजेट १ अर्व १८ करोड १५ लाख ८७ हजार मध्ये ०.८३ प्रतिशत अर्थात ९८ लाख ४ हजार मात्रै बेरुजु देखिएको मलेप प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया