उदयपुर । उदयपुर सिमेन्ट उद्योगलाई रातोमाटो उत्खन्न गर्न स्थानीयहरुले रोक लगाएका छन् । चौदण्डीगढी नगरपालिका ६ सिर्वानी स्थित कुवाखानीमा रहेका १ सय ३१ हेक्टर क्षेत्रफल मध्ये तत्काल १५ हेक्टरबाट रातोमाटो उत्खन्न गर्न उद्योगले प्रक्रिया अगाडी बढाएको छ ।

त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगल र त्रियुगा नपा १६ आपसोतको रातोमाटो सकिन लागेको छ । उद्योगलाई त्यस ठाउँहरुको रातोमाटोहरु मुस्किलले १ वर्षको लागि मात्रै स्टोक रहेकोले कुवाखानी क्षेत्रको माटो उत्खन्नको प्रक्रिया अगाडी बढाएको छ । उद्योगले असारमा टेण्डर लगाएर उत्खन्नको प्रक्रिया अघि बढाएपनि स्थानीयले अवरुद्ध गरेपछि अहिले रातोमाटो उत्खन्न गर्न सकेको छैन् । उद्योगले परीक्षणका लागि १ हजार टन रातोमाटो उत्खन्न गर्न टेण्डर लागि सकेको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगलाई सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा ८५ प्रतिशत, रातोमाटो १३.५ प्रतिशत र फलामको धुलो १.५ प्रतिशत आवश्यक पर्छ । २०४६ सालमा तत्कालिन सरकारले उत्खनन गर्न अनुमति दिएपनि अहिले त्यस क्षेत्रमा घनाबस्ती, विद्यालय, मठमन्दिर र कुवाखानी पिकनिक स्पोर्ट समेत रहेको छ भने बाँकी क्षेत्रमा आपखरे र कटुन्जे सामुदायिक वन दर्ता रहेको छ ।

उक्त क्षेत्रको रातोमाटो उत्खनन गर्न सके उद्योगले लामो समय सम्म रातोमाटो समेत अन्यात्रा खोजि गर्नु नपर्ने देखिएको उद्योग प्रशासनले जनाएको छ । आवादी बस्ती रहेकोले त्यस क्षेत्रको रातोमाटो आफुहरुले कुनै पनि हालतमा उठाउन नदिने स्थानीय भिमबहादुर कार्की बताउँछन् । उक्त क्षेत्र बाट मातो उठाउदा भुक्ष्य हुने, हलको सिमसार क्षेत्र सुख हुने, धानखेतीमा सिंचाइको समेत अभाव हुने छ ।

हाल उद्योगले रातोमाटो उत्खनन गर्न खोजेको ठाउँ पहिला जस्तो अवस्थामा नरहेको, पहिला सरकारले के आधारले दियो, त्यो समेत आफुहरुलाई थाहा नभएको तर हाल उक्त क्षेत्र सम्भाबित पर्यटकिय सिमसार क्षेत्रको रुपमा बिकसित हुँदै गएको र यसलाई अझ धेरै विकास गर्दै लैजानु पर्नेमा उल्टै सो ठाउँको रातोमाटो निकासी गर्न खोज्नु गलत हुने भन्दै सो क्षेत्रको माटो उठाउने कोशीस गरे ठुलो दुर्घटना हुन सक्ने स्थानियले आक्रोस पोखेका छन ।

यता वडा कार्यालयले भने स्थानीय टोल बिकास संस्थाका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनीतिहरुको भेलाले कुवाखान पिकनिक क्षेत्रको रातोमाटो उद्योगलाई दिने नदिने बारे छलफल गराएकोमा उपस्थित सबैले नदिने सर्वसम्मतले निर्णय गरेको र जनताको भावना र चाहना बिपरित आफुहरु कुनै निर्णय गर्न नसक्ने कार्यबहाक वडाध्यक्ष उद्धव भुजेलले बताएका छन ।

आपखरे सामुदायिक बन तथा कटुन्जे सामुदायिक बन क्षेत्र भित्र पर्ने रातोमाटो उद्योगलाई दिदा बातावरणमा असार पर्ने, बस्तीमा पानीको मुहान सुक्ने, वातावरण प्रदुषित हुने भन्दै स्थानिय जनता उक्त क्षेत्रको माटो उद्योगलाई उठाउन नदिने पक्षमा देखिएका छन ।

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले समेत पहिलाको अवस्था र अहिलेको अवस्था फरक रहेको भन्दै उक्त क्षेत्र पहिला नक्सामा खाली जस्तो देखिने भएको भए पनि हाल बस्ती बस्नुको साथै घना जंगल बनेको, नगरको लगानीमा बनभोज स्थल निर्माण भएको, सामुदायिक बन र स्थानी सरकार आइसके पछि टोल विकास संस्था समेत गठन भएको हुँदा उक्त स्थानबाट उद्योगले रातोमाटो लैजान नसक्ने जानकारी बताए ।

जनताको ब्यापक जन गुनासोका बिच उदयपुर सिमेन्ट उद्योगले भने उक्त क्षेत्रको माटो लैजाने तर्फ आफुले सबै प्रकृया प्ररा गरिसकेको जनाएको छ । स्थानीय सरकारले समेत माटो लैजान नसक्ने बताई रहेको बेला उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले भने चौदण्दीगढी नगरपालिकाको कार्यपालिका बैठकले अनुमती दिसकेकोले आफुहरुले सहजै माटो उठाउने बताए । “खाली जग्गाको माटो ल्याउने हो, बस्ती क्षेत्र र पिकनिज स्पोर्टको जग्गाको माटो हामीले उत्खन्न गर्दैनौं” महाप्रबन्धक न्यौपानेले भने । “त्यस क्षेत्रका जनतालाई असर नपर्ने गरी सरोकारबाला र वडा प्रतिनिधिहरुलाई राखेर माटो ल्याउने हो ।”

त्यस क्षेत्रमा रहेको पिकनिक स्पोर्ट लगायतको विकासको लागि उद्योगले पनि सहयोग गर्ने र त्यस क्षेत्रको माटो दशैं तिहार पछि बाट ल्याउन शुरु गर्ने महाप्रबन्धक न्यौपानेले बताए ।

भिडियोको लागि यो लिंक क्लिक गर्नु होस् ।

 

तपाईको प्रतिक्रिया