सिटिजन लाइफ इन्सोरेन्सद्वारा मृत्यु दावीको १५ लाख ९० हजार रकम हस्तान्तरण
गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा सिटिजन लाइफ इन्सोरेन्सले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स गाईघाट शाखाले मृत्यु दावीको रकम शनिबार हस्तान्तरण गरेको हो ।
भगतले सिटिजन लाइफ ईन्स्युरेन्समा शुभारम्भ योजना अन्तर्गत १५ लाखको विमा गरेको थियो । विमा गरेको एक वर्ष पछि उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएको श...











