उदयपुर । उदयपुर सिमेन्ट उद्योगले सोचेभन्दा अति नै न्यून सिमेन्ट उत्पादन भईरहेको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन ह्रास हुँदै आएको छ । उद्योगले अहिले आधा पनि उत्पादन दिँदैनन् । दैनिक ८ सय मेट्रिक टन क्षमताको उद्योगमा अहिले दैनिक सरदर २ सय ६२ मेट्रिक टन उत्पादन भईरहेको छ ।
पुसदेखि असारसम्मको समयलाई सिमेन्ट उद्योगको ‘पिक आवर’ मानिन्छ । यो समयमा विकास निर्माणको काम धेरै हुने भएकाले सिमेन्टको माग उच्च हुन्छ । त्यसैले सबै सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउने र अधिकतम उत्पादन गर्ने ध्याउन्नमा हुन्छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक गोपी न्यौपाने पाए । न्यौपाने महाप्रबन्धक नियुक्ती भएर आएसँगै ८ महिनामा ६४ हजार ४४५ मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भएको देखिन्छ ।
माघ महिना भरिमा ७ हजार ३ सय १० मे.टन, फागुनमा ८ं हजार ४० मे.टन., चैत्रमा ९ हजार १०० मे.टन, बैशाखमा ११ हजार ६०० मे.टन, जेष्ठमा ४ हजार ४८० मे.टन, असारमा २ हजार ६०० मे.टन, श्रावणमा ९ हजार ५ मे.टन र भाद्रमा १२ हजार १० मे. टन. क्लिङकर उत्पादन भएको सूचना अधिकारी लक्ष्मण पोखरेलले जानकारी दिए । उनका अनुसार मेसिनरी सामान भएकोले विग्रिने चल्ने भएकोले उत्पादनमा कम भएको जनाएको छ ।
उद्योगले दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भएपनि कुनै समय ९ सय मे. टनसम्म क्लिङकर उत्पादन गरेको थियो । यस अघि सरदर दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएपनि पछिल्लो समय उत्पादनमा ह्रास आएको छ । महाप्रबन्धकमा न्यौपाने आएपछि झनै उत्पादनमा ह्रास आएको उद्योगका एक कर्मचारीले जानकारी दिए । महाप्रबन्धक आएको ८ महिनाको रेकर्ड अनुसार सरदर दैनिक २ सय ६२ मेट्रिक टनमा झरेको छ । महाप्रबन्धकमा न्यौपाने आएपछि दर्जनौ पटक उद्योगको पार्टपुर्जा खोलिएको छ । बनाउने नाममा करोडौं उद्योगले घाटा व्यहोर्नु परेको एक कर्मचारीले जानकारी दिए ।
स्रोतका अनुसार साउनको अन्तिम र असारको अन्तिम सातासम्म करिव एक महिना सिमेन्ट उद्योगको क्लिङकर भट्टी लगायतका अन्य ठूला मेसिनरी पार्टपुर्जा चेन्ज गरिएपनि अहिले उद्योग पहिलेको भन्दा झन उत्पादन कम दिन थालेको छ । उनका अनुसार ९ महिनाको अवधिमा विद्युत आपूर्ति बाहेक २५ औं पटक पटक उद्योग बन्द भएको छ । उद्योग एक पटक बन्द हुँदा हप्ता दिन बढी समयसम्म बन्द हुने गरेको छ । असोजमा पनि हप्ता दिनदेखि उद्योग बन्द रहेको कर्मचारी स्रोतले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷७७ मा कोरोना भाइरसले ठूलो असर गरेको थियो भने गत माघपछि कोरोनाले खासै असर गरेनन् । कोरोना संक्रमण दर बढेपनि विकास निर्माणका काम नरोकिपछि उद्योग संचालन मै रहे । उपभोक्ताको माग अनुसार सिमेन्ट उत्पादन नहुँदा उद्योग दिनप्रतिदिन घाटामा गईरहेको छ । उद्योग अहिले घाटामा संचालन भईरहेको छ । एक गुणा सिमेन्ट उत्दान ह्ँदा दुई गुणा उद्योगको पार्टपुर्जा खोल्ने काम भईरहेको स्रोतले जानकारी दिए । स्रोतका अनुसार महाप्रबन्धक न्यौपाने आएपछि उद्योगको पार्टपुर्जा खोल्ने र भत्काउने बाहेक अन्य त्यस्तो केही नगरेको बताए ।
कर्मचारी स्रोतका अनुसार बाहिरी मिडियामा आएर जस्तो कुनै त्यस्तो उद्योगले फड्को मारेको छैन् । जसरी मिडिया भजाउन खोजेको त्यस्तो बिलकुलै केही पछि छैन यो भ्रमको खेती भएको जनाएको छ । कर्मचारीहरूको तलब, ओटी, कोइला, जिप्सन लगायतका डिलरहरूको भुक्तानी लगायत दायित्व धेरै छ, दिइएको छैन् । अहिले ५ अर्ब ५० करोड जतिको सञ्चित घाटा छ, त्यसमा सबैभन्दा धेरै ब्याज नै हो ।
उद्योग पूर्णरुपमा संचालनको लागि अतिरिक्ता खर्च घटाउने तर्फ लागिएको छ, मेसिनरी पार्टपूर्जा बारेको जानकारी लगायतको कामको लागि विज्ञ बोलाएर कामहरु भईरहेको र उद्योगमा उल्लेखनीय सुधार भएको महाप्रबन्धक न्यौपानेले जानकारी दिए ।
उद्योग २०४४ सालमा स्थापना भई २०५१ सालदेखि व्यवसायिक उत्पादन शुरु भएको हो । उदयपुर सिमेन्टको बजार क्रमशः खुम्चँदै गएको छ ।









