सिरहामा ३२ जनाले कोरोना जितेर घर फर्के
राजेन्द्र महतो, लहान । सिरहाका ३२ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् । जिल्ला अस्पताल सिरहा र महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालको आईसोलेसनमा उपचारत शनिवार साँझ कोरोना संक्रमित ३२ जना डिस्चार्ज भएका हुन् ।
जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा सिरहा नगरपालिकाका ७ जना, कल्याणपुर नगरपालिकाका ५ जना, नरहा गाउँपालिकाका ५ जना र झापाको विर्तामोडका १ जना गरी १८ जना कोरोनामुक्त भएर घर फर्क...











