उदयपुर । उदयपुरमा शनिबार दिउँसो ४ बजे पानीसँगै परेको चट्याङले एक जना गम्भिर घाइते भएका छन् । चट्याङबाट घाइते हुनेमा चौदण्डीगढी नगरपालिका ५ खोरिया बस्ने १८ वर्षिय दिपेश मगर गम्भिर घाइते भएका छन् ।
घाइते मगर घरदेखि करिव ५ सय मिटरको दुरीमा रहेको आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङबाट बेहोस भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी गोविन्द पुरीले जानकारी दिए । उनको उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।

सम्बन्धित समाचार
उदयपुरमा चट्याङले एकको मृत्यु, दुई घाइते

तपाईको प्रतिक्रिया