उदयपुर । उदयपुरमा विहिबार विहान ८ः३० बजेको समयमा पानीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चट्याङले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ बर्षिय कानुन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जानकारी दिए । चट्याङले घाइते चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
यस्तै सोही वडाको भातिखर्ककी ३१ बर्षीय अनिता खड्का घाईते भएकी छिन । उनको खुट्टाको केहि भाग जलेको छ ।
दुबै जना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङ्गले लागेको प्रहरीले जानकारी दिए । घाइते खड्काको अबस्था सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ ।
यस्तै चट्याङ्ग सोही वडा जोगी पोखरी स्थित मिन्द्र बहादुर मगरको ६१ वर्षिय आमा तिर्थमाया मगर घाइते भएका छन भने उनले संचालन गरेको बंगुर फर्ममा रहेको ६ वटा बंगुर मरेको छ । बंगुर मरी अन्दाजी ७० हजार बराबरको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया