उदयपुर । उदयपुरमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । तीन महिला र चार पुरुषमा संक्रमित देखिएको छ ।
संक्रमितहरुमध्ये तेस्रो मुलुक कुबेतबाट दुई जना र कतारबाट एक जना आएका छन् भने चार जना भारतबाट आएर त्रियुगा नगरपालिकाको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।
संक्रमित त्रियुगा नगरपालिका ६ की ३० वर्षिय महिला, वडा नं. ९ का ३० वर्षिय महिला र वडा नं. १० का ५३ वर्षिय महिला रहेका छन् ।
त्रियुगा ६ की महिला कुबेतबाट असार ९ गते आएकी थिईन् । अर्का त्रियुगा ९ की ३० वर्षिय महिला भारतबाट जेष्ठ ३२ गते लौकहाठाडीबाट नेपाल प्रवेश गरेकी थिईन् । यस्तै त्रियुगा १० की ५३ वर्षिय महिला पनि भारतको दिल्लीबाट असार ९ गते विराटनगरको जोगवनी नाकाबाट नेपाल प्रवेश गरेकी थिईन् ।
यस्तै त्रियुगा नगरपालिका वडा नं. २ का ३० वर्षिय पुरुष, वडा नं. ६ का ३५ वर्षिय पुरुष, वडा नं. ८ का २३ वर्षिय पुरुष र वडा नं. १० का २६ वर्षिय पुरुष, रहेका छन् ।
त्रियुगा २ का ३० वर्षिय पुरुष असार ९ गते कुबेतबाट नेपाल आएका थिए । अर्का त्रियुगा ६ का ३५ वर्षिय पुरुष भारतको लौकहाठाडीबाट असार ९ गते नेपाल प्रवेश गरेका थिए । त्रियुगा ८ का २३ वर्षिय पुरुष असार ९ गते दुबईबाट नेपाल आएका थिए । यस्तै त्रियुगा १० का २६ वर्षिय पुरुष दिल्लीबाट सिरहामाडर हुँदै नेपाल असार ५ गते प्रवेश गरेका थिए । उनीहरु सवै त्रियुगा नगरपालिकाको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा राखिएको अवस्थामा संक्रमित पुष्टी भएका हुन् ।
योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
अहिले सम्म उदयपुरमा १३ जना महिला सहित ५६ जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ४८ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै अहिलेसम्म ३९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया