उदयपुर । केही दिन अगाडी सुनसरीबाट उदयपुर सरुवा भएर आएको एसपी भिमप्रसाद दाहाल आएसँगै जिल्लामा पुराना मुद्धाका अपराधिहरु धमाधम पक्राउ पर्न थालेको छ ।शनिबार लागूऔषधमा फरार प्रतिवादी त्रियुगा नगरपालिका ७ हाल त्रियुगा नगरपालिका ३ बस्ने २७ वर्षिय राजकुमार चौधरीलाई करिव ७ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका एसपी दाहालले बताए ।
उनले २०७० साउन ४ गते घर कोठामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रजान ट्याबलेट १ हजार ७ सय, कोरेक्स ५ बोतल र गाँजा ३ सय ग्राम बरामद भएपनि वारदात स्थलबाटै फरार रहेका थिए ।
फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरी लागू औषध मुद्दामा अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।
यसअघि गत विहिबार जबरजस्ती करणी गरेर फरार प्रतिवादीलाई प्रहरीले ३ वर्षपछि घरबाटै पक्राउ गर्न सफल भएको छ । २०७४ कार्तिक २८ गतेदेखि फरार प्रतिवादी त्रियुगा नगरपालिका ३ बस्ने २० वर्षिय संजय सदा ३ वर्षपछि पक्राउ परेको थियो ।
उनी विरुद्ध जिल्ला अदालत उदयपुरले जबरजस्ती करणी मुद्दामा ७ बर्ष ६ महिना २४ दिन कैद र रू १०,००० जरिवना तोकेको छ । उनलाई विहिबारै जिल्ला अदालत उदयपुरमा फैसला कार्यन्वयन गर्नको लागि पठाएर कारागर चलान गरेको छ ।

तपाईको प्रतिक्रिया