उदयपुर । उदयपुरमा शनिबार दिउँसो ४ बजे पानीसँगै परेको चट्याङले गम्भिर घाइते युवकको मृत्यु भएको छ । योसँगै उदयपुरमा एक साताभित्रै चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चट्याङबाट गम्भिर घाइते चौदण्डीगढी नगरपालिका ५ खोरिया बस्ने १८ वर्षिय दिपेश मगरको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मगर घरदेखि करिव ५ सय मिटरको दुरीमा रहेको आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङबाट बेहोस भएको थियो ।
यस्तै गत विहिबार चट्याङले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ बर्षिय कानुन चौधरीको ज्यान गएको थियो । अर्का सोही वडा भातिखर्ककी ३१ बर्षीय अनिता खड्का समेत घाईते भएकी छिन । उनको खुट्टाको केहि भाग जलेको छ ।
चट्याङ्ग सोही वडा जोगी पोखरी स्थित मिन्द्र बहादुर मगरको ६१ वर्षिय आमा तिर्थमाया मगर घाइते भएको प्रहरीले जनाएको छ ।









