सूचना विभागको शिविरमा १ सय ४४ ले सेवा लिए
उदयपुर / सूचना तथा सञ्चार विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको समन्वयमा आयोजित घुम्ति शिबिरमा १ सय ४४ जनाले सेवा पाएकाछन् ।
मंगलबारबाट सुरु भएको शिविरको समापन बुधबार उदयपुर, सिरहा, सप्तरी जिल्लाका पत्रकारहरुले विभिन्न सेवा लिएका हुन् । शिविरमा नयाँ प्रेस प्रतिनिधि कार्ड–१ सय ११ जना, प्रेस प्रतिनिधि कार्ड नविकरण –१४ जना, अनुभवको आधारमा सम्पादक –१, अध्यक्ष परिचय पत्र– २ जनाले प्राप...











