फ्युजन एफसी गाईघाटको प्रदेश १ जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात

फ्युजन एफसी गाईघाटको प्रदेश १ जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात
उदयपुर । बिहीबारदेखि शुरु प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा फ्युजन एफसी, उदयपुरले विजयी शुरुवात गरेको छ । इटहरी रंगशालामा भएको उद्घाटन खेलमा फ्युजनले राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गर्यो । फ्युजनको जितमा खेलको तेस्रो मिनट मै प्रविन राईले पहिलो गोल गरेको फ्युजन फुटबल क्लव गाईघाटका व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए । त्यस्त...

उदयपुरका पाँच खेलाडीको सफलता, प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

उदयपुरका पाँच खेलाडीको सफलता, प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा
काठमाडौं । रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ । ‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षी...

उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लबमा अनुबन्ध

उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लबमा अनुबन्ध
उदयपुर । उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन भएका छन् । त्रियुगा नगरपालिका १० फ्युजन फुटबल क्लबका तीन, गाईघाट फुटबल क्लव र कटारी फुटबल क्लवका एक÷एक जना गरी पाँच जना उदयपुरका खेलाडी प्लानिङ ब्वाईज काठमाडौंको क्लबमा अनुबन्धन भएका हुन् । प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन हुनेमा  फ्युजन फुटबल क्लव कप्तान सुदिप श्रेष्ठ, डिफेन्स टिप्सन राई र स्ट्राइकर अर्जुन राना मगर...

त्रियुगा नगर खेलकुदमा पुनः प्रदिप

त्रियुगा नगर खेलकुदमा पुनः प्रदिप
गाईघाट । त्रियुगा नगरपालिकाले नगर युवा तथा खेलकुद विकास समिति पुर्नगठन गरेको छ । त्रियुगा नगरपालिकाको पुस १९ गते बसेको कार्यपालिकाको बैठकले प्रदिप श्रेष्ठलाई पुन नगर युवा तथा खेलकुद विकास समितिको नेतृत्वमा ल्याउदै समिति पुर्नगठन गरेको हो । कार्यपालिकाको बैठकको निर्णयानुसार पुर्नगठन गरिएको समितिमा अध्यक्ष श्रेष्ठ र कोषाध्य सन्तोषी चौधरी कायम छन भने उपाध्यक्ष, सचिव र सहसचिवमा नयाँ अनुहार भित्रिएक...

उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने (खेल तालिका सहित)

उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने (खेल तालिका सहित)
उदयपुर । उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १० गतेदेखि पुस २४ गतेसम्म संचालन हुने छ । “ए” डिभिजन लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बगहा युवा समूह, गाईघाट फुटबल क्लब, लालीगुराँस नव युवा क्लब, फ्युजन फुटबल क्लब, नव प्रभात नेपाल, बेल्टार एकता युवा क्लब, फुटबल क्लब बगहा र घेधावी युवा क्लब विच खेल हुने जिल्ला फुटबल संघका...

थारुहट रंगशालामा ओपन जिम संञ्चालन

थारुहट रंगशालामा ओपन जिम संञ्चालन
गाईघाट । त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले संयुक्त नव निर्मित ओपन जिमको उद्घाटन गरेका थिए । ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताए । उनका अनुसार प्रत्येक वडाहरुमा यस्ता ओपन जिम संचालनमा ल्याउनु पर्ने बताए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा ग...

उदयपुर कोरा साइकलिंग च्यालेज हुने

उदयपुर कोरा साइकलिंग च्यालेज हुने
उदयपुर । उदयपुर जिल्ला साइकलिंग संघ र गाईघाट साइकल सिटि नेटवर्कको आयोजनामा कोरा साइकलिंग च्यालेज हुने भएको छ । गाईघाट जलजले मुकुर्ची, सुकौरा, बोक्से र फेरी गाईघाटमै आएर सकिने ५० कि.मि.कोरा साइकलिंग च्यालेज आउने शनिवार हुने उदयपुर जिल्ला साइकलिंग संघका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिनु भयो । “बढ्दो प्रदुर्शन, अब्यबस्थित जिबन शैलीलाई मध्य नजर गर्दै जिल्लामा यस्ता गतिबिधि भैरहनु राम्रो हो, साइक...

साइकल रेस प्रतियोगिताको उपाधि महिला तर्फ लक्ष्मी र पुरुष तर्फ रुवेन (२५ तस्विर सहित)

साइकल रेस प्रतियोगिताको उपाधि महिला तर्फ लक्ष्मी र पुरुष तर्फ रुवेन (२५ तस्विर सहित)
उदयपुर । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने मुल नाराको साथ उदयपुरमा साईकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ‘प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७’को साईकल रेस प्रतियोगीतामा महिला तर्फ लक्ष्मी मगर र पुरुष तर्फ रुवेन राईले उपाधी हात पारेका हुन् । त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा उदयपुर जिल्ला साईकिलिङ संघको समन्वय र त्रियुगा नगरपालिकाको संयोजनमा म...

प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु

प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु
उदयपुर । उदयपुरमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु भएको छ । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने नारा सहित नगर युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा पुरानो गाईघट स्थित थारुहट रंगशालाको मैदानमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु भएको हो । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ, व्याडमिन्टन लगायतका खेलहरु खेलाइने आयोजकले जनाएको छ...

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै
उदयपुर । सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुन लागेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप भएको हो । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट रोप्न छाडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीले...