उदयपुर । बिहीबारदेखि शुरु प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा फ्युजन एफसी, उदयपुरले विजयी शुरुवात गरेको छ । इटहरी रंगशालामा भएको उद्घाटन खेलमा फ्युजनले राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गर्यो ।
फ्युजनको जितमा खेलको तेस्रो मिनट मै प्रविन राईले पहिलो गोल गरेको फ्युजन फुटबल क्लव गाईघाटका व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए ।

त्यस्तै खेलको अन्तिमतिर ८१ औं मिनटमा सुदिप श्रेष्ठले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे । खेलमा फ्युजनका प्रविन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१ सय र मेडल हात पारे फ्युजन फुटबल क्लवका व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए ।
यो जितसँगै फ्युजन प्रतियोगिताको क्वाटर फाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत जेठ २७ गते शुक्रबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा कोदार एफसी, भोजपुर र देउराली एफसी, धनकुटा भिड्ने छन् भने दोस्रो खेलमा बाक्सिला एफसी, खोटाङ र मानभरा स्र्पोटिङ क्लब, ताप्लेजुङ आमने सामने हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रदेश १ का सामाजिक मन्त्री राजन राईले गरेका थिए । प्रदेश खेलकुद बोर्डको आयोजना तथा इटहरी फुटबल क्लब, सुनसरीको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहत नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल असार १ गतेका दिन हुनेछ ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री तथा प्रमुख अतिथि राजन राईले खेलको उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया