उदयपुर । उदयपुरका पाँच खेलाडी राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन भएका छन् । त्रियुगा नगरपालिका १० फ्युजन फुटबल क्लबका तीन, गाईघाट फुटबल क्लव र कटारी फुटबल क्लवका एक÷एक जना गरी पाँच जना उदयपुरका खेलाडी प्लानिङ ब्वाईज काठमाडौंको क्लबमा अनुबन्धन भएका हुन् ।
प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन हुनेमा  फ्युजन फुटबल क्लव कप्तान सुदिप श्रेष्ठ, डिफेन्स टिप्सन राई र स्ट्राइकर अर्जुन राना मगर रहेका छन् भने गाईघाट फुटबल क्लवका खेलाडी प्रविन श्रेष्ठ र कटारी फुटबल क्लवका खेलाडी प्रताव राई रहेका छन् ।
फ्युजन फुटबल क्लवकाे कप्तान रहेकाे सुदिप श्रेण्ठले यस अघिका ’सी’ डिभिजन लिगको खेलमा चर्च ब्वाइज क्लबबाट खेलेका थिए । सो टिमलाई विजय गराई “बी” डिभिजनमा पुर्‍याउन सफल भएका खेलाडी हुन फ्युजन फुटबल क्लबका कप्तान सुदिप श्रेष्ठ ।
आसन्न सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबल खेलको लागि उनीहरु सो क्लवमा अनुबन्धन भएको फ्युजन फुटबल क्लवका व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले झापामा बन्द प्रशिक्षणमा भइरहेको जनाएको छ ।
सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबल प्रतियोगिता चौत्र २९ गतेदेखि एन्फा कम्प्लेक्समा सातदोबाटोमा हुनेछ ।
फ्युजन फुटबल क्लवले विगत र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने पक्षमा रहेको व्यवस्थापक सरोज श्रेष्ठले जानकारी दिए । फ्युजन फुटबल क्लव बोक्सेले प्रदेश नं. १ र २ मा  अधिकांश फुटबल खेलहरुको उपाधिहरू चुमि सकेका छन् ।

तपाईको प्रतिक्रिया