काठमाडौं । रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ ।
‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुन कुमार राना र ओम प्रकाश चौधरीले समान एक गोल गरे ।
फागु रामले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्जुन कुमार रानाले ५३ औं मिनेटमा तथा ओम प्रकाहले ८२ औं मिनेटमा गोल गर्दै प्लानिङलाई ‘सी डिभिजन लिगको अन्तिम खेलमा सानदार जित दिलाउँदै दोस्रो डिभिजनमा बढुवा गराए ।
राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा उदयपुरका पाँच खेलाडी अनुबन्धनमा छन् । त्रियुगा नगरपालिका १० फ्युजन फुटबल क्लबका तीन, गाईघाट फुटबल क्लव र कटारी फुटबल क्लवका एक/ एक जना गरी पाँच जना रहेका छन् ।
प्लानिङ ब्वाईज काठमाडौंमा अनुबन्धन हुनेमा फ्युजन फुटबल क्लव कप्तान सुदिप श्रेष्ठ, डिफेन्स टिप्सन राई र स्ट्राइकर अर्जुन राना मगर रहेका छन् भने गाईघाट फुटबल क्लवका खेलाडी प्रविन श्रेष्ठ र कटारी फुटबल क्लवका खेलाडी प्रताव राई रहेका छन् ।
फ्युजन फुटबल क्लवको कप्तान रहेको सुदिप श्रेण्ठले यस अघिका ’सी’ डिभिजन लिगको खेलमा चर्च ब्वाइज क्लबबाट खेलेका थिए । सो टिमलाई विजय गराई “बी” डिभिजनमा पु¥याउन सफल भएका खेलाडी हुन फ्युजन फुटबल क्लबका कप्तान सुदिप श्रेष्ठ ।









