उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटमा प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । प्रतियोगिता त्रियुगा मावि गाईघाटको प्राङ्गनमा सुरु भएको हो ।
पुस १८ गते देखि २२ गते सम्म संञ्चालन हुने खेलमा त्रियुगा नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयले भाग लिएका छन् ।
एथेलेटिक्स, शटपुट, लंगजम्प, हाइजम्प, त्रिपल जम्प, ज्याब्लिंगथ्रो, भलिवल, कबडी, तेक्वान्दो र सितोरियो कराते पनि खेल समावेश गरिएको छ । खेलमा सामुदायिक विद्यालयका बढी विद्यार्थी सहभागी भएका छन भने संस्थागत विद्यालयहरुमा परीक्षा र तयारी अभावले सहभागिता कमैले जनाएको छ ।
सोमवार नगर प्रमुख वसन्त कुमार वस्नेत र उपप्रमुख महेश्वरी राई सहितले त्रियुगा माविमा कार्यक्रमको उद्घाटन गरेको थियो ।

तपाईको प्रतिक्रिया