उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका २ बेल्टारबाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई भएको छ ।
लाली गुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १५ औ साधारणसभा तथा वार्षिक उत्सवको अवसरमा मिस स्टेट विजयी बस्नेत सम्मानित भएकी हुन । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट समेत राष्ट्रलाई पदक दिलाउने र नेपाल कै कान्छी खेलाडीको छवि बनाउदै गृह जिल्ला उदयपुरको र नेपालकै नाम उच्च बनाएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष जमुना राईले बताईन । कार्यक्रममा चौदण्डीगढीका मेयर खगेन्द्र राई, अध्यक्ष जमुना राई लगायत अतिथिको तर्फबाट फुलमाला दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मानित गरिएको हो ।
अन्तर्राष्ट्रिय खेलाडी तथा एक नम्बर प्रदेशको मिस स्टेट २०१८ बस्नेतले आफुले खेलकुद संगै यो क्षेत्रमाबाट समेत धेरै कुरा सिक्ने अवसर पाएकाले निकट भविष्यमा नै गृह जिल्ला उदयपुर र एक नम्बर प्रदेशको लागि पर्यटनलाई प्रचारप्रसार गर्ने पहिलो प्राथमिकता रहने बताएकी हुन । बस्नेतले आफुलाई यो स्थान सम्म पुग्न विभिन्न प्रकारको सहयोग गर्ने भोट गर्ने र पत्रकारले समेत आफुलाई सकारात्मक कलम चलाएको भन्दै प्रशंसा गर्दै धन्यवाद दिईन । कार्यक्रम लाली गुराँस सहकारी संस्थाको सभाहल बर्खेडाँडा भएको थियोे । कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल प्रमुख, पत्रकार र स्थानीयवासीको वाक्लो उपस्थिति रहेको थियोे ।
यो पनि पढ्नु होस्

रमिला बस्नेत : अन्तर्राष्ट्रिय खेलाडीदेखि सुन्दरी प्रतियोगिताको विजेतासम्म (फोटो फिचर सहित)

उदयपुरकी रमिला बस्नेतलाई मिस प्रदेश नं. १ को उपाधि

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको दौडमा अब्बल ! मिस प्रदेश बनाउन यसरी भोट गरौं ! (फोटो फिचर सहित)

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाईनलमा प्रवेश

तपाईको प्रतिक्रिया