उदयपुर / मंसिर १५ गते हुने मिस प्रदेश प्रतियोगिताको फाइनलमा उदयपुरे चेली रमिला बस्नेत अब्बल सावित बन्दै गएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेत १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा अब्बल सावित बन्दै गएकी छिन् । १४ जिल्लाबाट छनोट भई मिस प्रदेश २०१८ को फाइनल प्रतिस्पर्धी मध्यै रमिला बस्नेत अब्बल छन् । मिस प्रदेशको फाइनल प्रतिष्पर्धा मंसिर १५ गते धरानको सभागृहमा हुने छ ।
मिस प्रदेशको विजेताले स्कुटर ताज र सम्मानित हुने अवसर पाउने आयोजना पुर्वाञ्चल कला केन्द्रले जनाएको छ ।
को हुन रमिला बस्नेत
१४ वर्षको कलिलै उमेरमा अन्तर्राष्ट्रिय स्तरको ह्याण्ड बल खेलमा सहभागिता जनाएर चर्चामा आएकी बस्नेत समेत मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा छिन् ।
बस्नेतले पाकिस्तान, जापान, बंगादेश, भुटान, माल्दिब्स, भारत र दुवई लगायतका आधा दर्जन बढी देशहरुमा अन्तर्राष्ट्रिय स्तरका ह्याण्ड बल प्रतियोगितामा सहभागी भई राष्ट्रलाई स्वर्ण पदक सम्म दिलाएकी छिन् ।
रमिला बस्नेतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पनि थुप्रै सम्मान गरेको छ । यस्तै वर्ष २०१७ मा नेपाल जेसिज उत्कृष्ट युवा प्रतिभा पुरस्कार पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोल्ड मेडल सहित पुरुस्कृत भएकी थिइन । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा प्रतिभा पुरस्कार समेत बस्नेतले हात पारेकी छिन् । खेलाडी बस्नेत अहिले पत्रकारिता सामाजिक सेवामा समेत सक्रिय रहेकी छिन् ।
यसरी गर्नुस भोट :
मोवाइलको मेसेज बक्समा गएर Ms Space छाडेर 03 टाइप गरि 34343 मा पाठाउनु पर्ने छ । भोटिङ गर्ने अन्तिम दिन मंसिर १४ गते विहान १०ः०० बजेसम्म मात्र गर्न सकिनेछ ।