उदयपुर / धरानमा आयोजित प्रदेश स्तरीय प्रतियोगितामा उदयपुरकी रमिला बस्नेतले मिस प्रदेशको ताज पहिरेकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेतले १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को उपाधिसंगै क्राउन, स्कुटर र अवार्ड प्राप्त गरेकी छिन् ।


मोरङकी प्रग्या गिरी फस्ट रनर अप घोषित भईन् । उनले ५० हजार, क्राउन र अवार्ड पाएकी छिन् । ताप्लेजुङकी निशा गुरुङ्गले सेकेन्ड रनर अपको उपाधि हात पारेकी छिन् । उनले २५ हजार, क्राउन र अवार्ड पाएकी गरेकी छिन् ।
प्रतियोगिताको कोरियोग्राफीको भूमिका मेरिना तुम्साले गरेकी थिइन् भने संयोजक भक्तिराज राईको रहेको थियो । १ नं. मिस प्रदेश २०१८ को आयोजना पूर्वाञ्चल बागिना कला केन्द्र धरानले गरेको थियो ।

तपाईको प्रतिक्रिया