त्रियुगा नगरपालिकाका मेयर सहित ६ जना नेकपा एकिकृत समाजवादीमा सनाखत, सोमबार अझै थपिने

त्रियुगा नगरपालिकाका मेयर सहित ६ जना नेकपा एकिकृत समाजवादीमा सनाखत, सोमबार अझै थपिने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सहित ६ जनाले नेकपा एकिकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन् । यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसक्नुभएको छ । यस्तै त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश प्रसाद चौधरीले पनि एमाले परित्याग गरी आजैदेखि नेकपा एकिृत समाजवादी पार्टीमा ...

उदयपुरमा भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो

उदयपुरमा भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । स्थानीय यम कुमार राईको १३ वर्षिय छोरी यसिका राईलाई आइतबार विहान ७ बजे भालु खोलाले बगाउँदा ज्यान गएको हो । भालु खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नं. को आफ्नै अटो निकाल्न घर परिवारसँग गएकोमा क्रममा उक्त खोलामा माथिबाट एक्कासी बाढी आई उक्त अटो र बालिकालाई बगाएको थियो । खोलाले बगाउँदा अटो करिव...

उदयपुरमा चट्याङले लागेर एक बालकको मृत्यु

उदयपुरमा चट्याङले लागेर एक बालकको मृत्यु
उदयपुर । उदयपुरमा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे अघि नै खेतबाट फर्कने क्रममा अविरल वर्षातसँगै परेको चट्याङले त्रियुगा नगरपालिका ८ उत्तराईरटोल देउरीका विरेन्द्र प्रसाद चौधरीका अन्दाजी १५ वर्षिय छोरा निशान्त चौधरीको मृत्यु भएको छ । चट्याङले गम्भिर घाइते बालकलाई जिल्ला अस्पताल बोक्से पुर्याएपछि ८ः४० बजे मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिए । चट्याङले गम्भिर घाइते बाल...

यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित)

यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट कर्मथलो बनाउँदै आइरहेका सिंहेश्वर गुप्ताले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् ।मैथिली गीतका चर्चित गायक मनोज भोलेको स्वरमा ‘दिल हमार दिवान’ बोलको गीत युटुवमा हेर्न सकिन्छ । गीतमा शब्द गुप्ताकै रहेको छ । म्युजिक भिडियोमा अभिनय लजिना सुवेदी र गुप्ता आफैले गरेका छन् । म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन् । म्युजिक रोहित र प्रमोदको रहेको छ भने क...

सप्तकोशी नदीको कटानले बेलकाका २५ सय परिवार उच्च जोखिममा

सप्तकोशी नदीको कटानले बेलकाका २५ सय परिवार उच्च जोखिममा
उदयपुर । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्...

संस्थाको कामकाजको लागि ल्यापटप लिएर आएको छु, चोरेर होइन : अध्यक्ष भगत

संस्थाको कामकाजको लागि ल्यापटप लिएर आएको छु, चोरेर होइन : अध्यक्ष भगत
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई रमेश रसाइली पक्षले विज्ञप्ती जारी गरि संस्थाको ल्यापटप चोरेर लगेको आरोप लगाएका छन् । शुक्रबार रमेश रसाइली पक्षले एक विज्ञप्ती मार्फत संस्थाको ल्यापटपमा जुम मिटिङ बस्ने भन्दै चोरी गरेर लगेको आरोप लगाएका छन् । कार्यालय सचिव डिल्लि प्रसाद उप्रेती र कार्यालय सहायक सन्जीव श्रेष्ठले ल्याप्टप चोरीको आरोपमा भगत सहित ३ जना विरुद्ध ...

उदयपुरमा ७ वर्षिय बालकको पहिरोमा परि मृत्यु

उदयपुरमा ७ वर्षिय बालकको पहिरोमा परि मृत्यु
उदयपुर । उदयपुरमा एक ७ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको छ । कटारी नगरपालिका वडा नम्बर २ मिलन चौक बस्ने पोष्ट बहादुर मगरको छोरा कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो । शुक्रबार साढे १ बजेको समयमा घर नजिक रहेको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक पहिरो गई निज बालक शक्त घाईते भएका थिए । घाईते बालकलाई उपचारको लागि  कटारी अस्पताल लैजाने क्रममा उनको बटोमै ज्यान गएको थियो । मृत बालकको शवलाई ...

उदयपुरमा पहिरोले एक घर पुरिए

उदयपुरमा पहिरोले एक घर पुरिए
उदयपुर ।  दुई दिनदेखिको लगातारको वर्षातले उदयपुरमा एक घर पहिरोले पुरिएको छ । विहिबार राति रौतामाई गाउँपालिका ६ बोलुङ्खामा पहिरो जाँदा अर्जुन विकको घर पुरेको छ । यस बारे रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्कासँग बुझ्न खोज्दा घर पुरिएको बारे जानकारी आएपनि क्षतिबारे पूर्ण जानकारी आई नपुगेको बताए । मानवीय क्षति नभएको र थप विवरण आउँन बाँकी रहेको छ । तस्विर : चाम्लिङ बान्तवाको फेसबुकबाट

थारु आयोगको टोलीद्वारा क्रिशला हत्या काण्ड बारे अनुमगन

थारु आयोगको टोलीद्वारा क्रिशला हत्या काण्ड बारे अनुमगन
उदयपुर । त्रियुगा नगरपालिका ६ की किशोरी १६ वर्षिय क्रिशला चौधरीको हत्याबारे अनुगमन गर्न थारु आयोगको टोली मंगलबार उदयपुर आईपुगेको छ । क्रिशलाको हत्या गत साउन १३ गते हत्या गरेर राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलबीच रुखको टोड्कामुनि फालेको अवस्थामा साउन १९ गते शव भेटिएको थियो । कृशलाको हत्या कसरी भयो भन्ने विषयमा बुझ्न आयोग टोली उदयपुर आएको हो । हत्या भएको साता दिनपछि १९ गते भेटिएको शवबारे भई...

उदयपुरमा सेनाद्वारा बाख्रा चराउन गएकाहरुलाई निर्घात कुटपिट

उदयपुरमा सेनाद्वारा बाख्रा चराउन गएकाहरुलाई निर्घात कुटपिट
उदयपुर । उदयपुरमा बाख्रा चराउन गएकाहरुलाई सेनाले निर्घात कुटपिट गरेको छ । मंगलबार साँझ करिव ४ बजेको समयमा त्रियुगा नगरपालिका ३ भुल्के स्थित १८ नं. बाहिनी अड्डाका डिउटीमा रहेका सेनाका जवानहरुले बाख्रा चराउन गएकाहरुलाई कुटपिट गरेका छन् ।कुटपिटबाट स्थानीय ४० वर्षिय मोहमद इसराइल, २० वर्षिय रेतुन खातुन, ३४ वर्षिय मन्जु खातुन लगायत चार जना घाइते भएका छन् । घाइते मध्ये मोहमद इसराइल गम्भिर घाइते भएका छन् ...