उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सहित ६ जनाले नेकपा एकिकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन् । यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसक्नुभएको छ ।
यस्तै त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश प्रसाद चौधरीले पनि एमाले परित्याग गरी आजैदेखि नेकपा एकिृत समाजवादी पार्टीमा लाग्न सनाखत गर्नु भएको छ ।
त्रियुगा नगरपालिका १३ का वडाध्यक्ष पशुपति चौधरी, वडा नं. ६ का वडा सदस्य जयराम पंजियार, वडा नं. ९ का वडा सदस्य खिल बहादुर कार्की, वडा नं. ११ का वडा सदस्य शकुन्तला विश्वकर्माले नेकपा एसमा सनाखत गरेका छन् ।
त्रियुगा नगरपालिकाका एक दर्जन बढी जनप्रतिनिधि नेकपा एसमा आउने कुराकानी भएको नेकपा एसका केन्द्रीय सदस्य तथा मेयर चौधरीले बताए । उनीहरुको कागजात नपुगेकोले आइतबार सनाखत हुन नसकेको हो । आज सनाखत गर्न आएका केहीको कागजात नपुगेकोहरुको भदौं २१ र २२ गते भित्र गरिसक्ने केन्द्रीय सदस्य चौधरीले बताए ।
यस अघि नै नेकपा एमालेबाट विजय प्रदेश सांसद सुनिता कुमारी चौधरीले नेकपा एसमा सनाखत गरेकी छिन् ।

तत्कालिन एमाले हुँदा माधव नेपालको गढ मानिएको उदयपुर जिल्लामा पार्टी विभाजन पछि नेताहरु माधव नेपालले दर्ता गराएको नेकपा (एकीकृत समाजवादी) मा खुल्न शुरु गरेका छन् ।

पार्टी विभाजनसँगै भदौ २२ सम्म पार्टी रोज्न पाइने निर्वाचन आयोगको प्रावधान अनुसार नेताहरु खुल्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया