उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट कर्मथलो बनाउँदै आइरहेका सिंहेश्वर गुप्ताले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् ।मैथिली गीतका चर्चित गायक मनोज भोलेको स्वरमा ‘दिल हमार दिवान’ बोलको गीत युटुवमा हेर्न सकिन्छ । गीतमा शब्द गुप्ताकै रहेको छ । म्युजिक भिडियोमा अभिनय लजिना सुवेदी र गुप्ता आफैले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन् । म्युजिक रोहित र प्रमोदको रहेको छ भने क्यामरामा अनिल शाह रहेका छन् ।

कोरियोग्राफी मुस्कान (दर्पी सरदार) को रहेको छ भने भिडियोलाई छिन्नमस्ता फिल्मस् प्रा.लि.को व्यानरमा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया