उदयपुरमा गोही भेटियो, संरक्षणको लागि आरक्षमा छोडियो
उदयपुर / उदयपुरमा माछा मार्नेक्रममा गोही भेटिएको छ । मंगलबार बेलका नगरपालिका ३ स्थित मुर्ति खोलामा गोही भेटिएको हो ।
स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिट मोटाईको गोही भेटिएको हो । स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ ।
‘गोही भेटिएको जानकारी आएलगतै उद्धार गरि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका छौ,’ ईल...













