उदयपुर/ जिल्ला प्रहरी कार्यालय उदयपुरले हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम आईतवारबाट सञ्चालन गरेको छ । समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले आईतवारदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा गरिएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।
गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयको आयोजना प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय उदयपुरको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाले तयार पारेको कार्ययोजना अनुसार कार्यक्रम सञ्चालन गरिएको उनले बताए । पहिलो चरणमा जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित सबै स्थानीय तहका प्रमुख–उपप्रमुख, सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरू राखेर सुरु गरिएको हो ।
समुदायको सहयोग बिना शान्ति सुरक्षा कायम गर्न नसकिने भएकाले कार्यक्रमलाई अझ व्यापक सहभागिता मुलक बनाउ र गाउँगाउँ पु¥याउने लक्ष्यका कार्यक्रमको आयोजना गरिएको प्रउ राईले बताए । कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था, बिद्यालयलाई हातेमालो गरि अघि बढ्ने अबधारण रहेको जानकारी प्रहरी उपरिक्षक राईको रहेको छ ।
समुदायको साथ लिएर प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनुका साथै शान्तिपूर्ण र अपराधमुक्त समाज निर्माणका लागि जनप्रतिनिधिको सहयोग उत्तिकै जरुरी रहेको उनले औल्याए । शान्ति सुरक्षा बिना दिगो बिकास सम्भव नहुने भएकाले कार्यक्रममा स्थानीय विकास र सुरक्षाको बीचमा प्रभावकारी समन्वय स्थापना गर्ने, अपराध र विसंगतिमा केन्द्रित रही जिल्लाव्यापी रूपमा सामुदायिक र विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक सुरक्षा सचेतना वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका कार्यमा स्ययंसेवक परिचालन गरिनेछ । सो कार्यका लागि स्थानीय तह र प्रहरीका अन्य साझा जिम्मेवारीमा सहकार्य गरी अघि बढ्ने धारण राखेका थिए । त्रृटिपूर्ण सामाजिक मान्यताले समाजमा बिभेद सिर्जना गरेकाले अपराधको बट्नामा बृद्धि भएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले बताए । यस्ता त्रृटिपूर्ण सामाजिक मान्यतालाई हामी सबै मिलेर परिर्वतन गर्न आवश्यक रहेको औल्याउदै नागरिक सुति रहेको बेलामा पनि म सुरक्षित छु भन्ने बाताबरण सिर्जना गर्ने पक्ष नै लोकतन्त्र हो, नगर प्रमुख चौधरीको भनाई छ । लागु पदार्थले समाज आक्रान्त बने अबस्थामा हामी सबै मिलेर यसलाई न्यूनिकरण गर्नु पर्नेमा उनले जोड दिए ।
लागु पदार्थ ओसार पसार दुब्र्यसनीलाई नियन्त्रण गर्न यातायात मजदुरलाई सो सम्बधि अभिमुखिकरण तालिम दिनु पर्नेमा जोड दिए । यातायात मजदूरले सेवनकर्ता र ओसार पसारमा संलग्नहरुको पहिचान गर्न सक्ने र यातायातकै साधानबाट ओसार पसार गर्ने भएकाले यातायात मजदुरलाई तालिम दिनु पर्नेमा जोड दिएका हुन । यहाँका किशोर किशोरी तथा युवा युवती युरोपियन शैलीको जीवनशैली अपनाउने गरेको कारण पनि अपराधमा बृद्धि भएको हो, नगर प्रमुख चौधरीको भनाई रहेको छ । हाम्रो आय स्तर नेपाली रहेको जीवनशैली युरोपियन हुदा त्यसलाई पुरा गर्न अपराधिक गतिविधि गर्न बाध्य भएकाले अपराध बढेको हो, जनप्रतिनिधि र सरोकारवालाले बताएका हुन् ।
त्यसैगरी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले समाजमा अपराधको घट्ना बृद्धि भई रहेको छ, त्यसमा महिला र बालबालिका बढी पिडित बन्न पुगेको औल्याए । नागरिक बिना बर्दिको प्रहरी हुन् समाजका अपराध न्यूनिकरणका लागि पहिलो नागरिक हुन् । अपराधको घट्ना घट्नु अघि वा पछि प्रहरी भन्दा पहिला त्यहाँका समाजलाई घटनाको बारेमा जानकारी हुने भएकाले अब नागरिक र प्रहरी बिचको समन्वय र सम्बन्ध प्रभावकारी बनाएर कार्यान्वय गर्न सके अपराध न्यूनिकरणमा सहयोग पुग्ने थियो । घटना न्यूनिकरणमा सबै पक्ष उतिकै जिम्मेवार भएर लाग्न आग्रह गरे । युवालाई स्वरोजगार बनाउन सके पनि अपराध न्युनिकरण हुने थियो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले समुदायलाई सुरक्षित राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै समाजका प्रत्येक नागरिक बिना बर्दिका प्रहरी भएकाले अपराधिक घटनाको सुचना प्रहरी समक्ष दिन आग्रह गरे । अपराध न्यूनिकरणमा प्रत्येक नागरिकको भूमिका हुने भएकाले सबैले आ आफनो कर्तब्य पालना गर्न अनुरोध गरे । सबै क्षेत्रबाट सहयोग भएका उदयपुरलाई शान्ति सुरक्षामा नमूना जिल्ला बनाउने योजनामा रहेको जानकारी दिए । त्यसका लागि सुरक्षाकर्मि र आम नागरिक बिच समन्वय र सदभाव आवश्यक रहेको औल्याए । कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका उप प्रमुख गंगा राईले आफनो धारण राखेको थियो ।
कार्यक्रमको बारेमा प्रहरी उपरिक्षक एसपी चन्द्रदेब राईले अबधारण पत्र प्रस्तुत गरेको थियो भने सहभागीहरुलाई प्रहरी नायव उपरिक्षक डिएसपी अर्जुन रानाभाटले धन्यावाद ज्ञापन गरेको थियो ।









