उदयपुर / उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धान दाईँ गर्न घर आँगन लिप्नका लागि माटो लिन गएका चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए । उनको घटना स्थलमै मृत्यु भएको र उनीसंगै माटो खन्न गएका सम्झनाका बुवा तिलक चौधरी सामान्य घाइते भएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी प्रमुख राईले जानकारी दिए ।









