उदयपुर / उदयपुरको महाभारत क्षेत्रको अग्लो क्षेत्रमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा सिपाही किराको आक्रमणबाठ सैयौ सालको रुखहरु एक्कासी सुक्न थालेका छन् । आठ महिना यता महाभारत क्षेत्रको जंगलमा हरियो सालको रूख सुकि थालेका हुन् । महाभारत क्षेत्रमा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रका साल तथा साजको अग्लो रूखहरुका सिपाही किराको आक्रमणपछि सुकेका हुन ।
उदयपुरको बेलका नगरपालिकाको मैनामैनी देखि कटारी नगरपालिकाको लेखानीसम्म रूख सुकेको छ । चौदण्डीगढी नगरपालिकाको शिखर माडि देखि चौदण्डीगढी क्षेत्रको वन बढी सुकेको पाइन्छ । त्यसैगरी कटारी नगरपालिका क्षेत्रमा पर्ने वनमा अत्यधिक रूख सुकेका छन । सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वन समेत सुक्दै जाँदा उपभोक्ता चिन्तित भएका छन् ।
वर्षा भई रहेको समयमा पनि किन रुख सुक्यो, यस्तो अवस्थामा रूख कसरी सुक्यो भन्ने स्थानीयबासीले चासोसँगै चिन्ता व्यक्त गरेका छन । बढी मात्रामा साल र साजको रूख सुकेका छन । ठाडो रूख जरादेखि टुप्पोसम्म एक्कासी सुकेका छन । लिफ डिफोलिटर सिपाही किराले पात खाने र पातलाई रोलिङ गरेको कारणले सालको रुख सुकेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख बिष्णु आचार्यले जानकारी दिए । महाभारतको अग्लो स्थानमा रहेको वन बढी मात्रामा सुकेको जानकारी आएको र त्यसको बारेमा वन मन्त्रालय, वन बिभाग र वनको केन्द्रिय अनुसन्धान केन्द्रमा समेत जानकारी गराई सकेको कार्यालय प्रमुख आचार्यले बताए ।
यसको बारेमा अध्यायन भई रहेको छ, हरियो सालको रुख सुक्नु पर्ने कारण एउटा लिफ डिफोलिटर हो, जसले पात खाई दिने र पाललाई रोलिङ गरि दिन्छ र सुक्छ अर्को फङगस हो, ढुंसीले आक्रमण गरेमा ठुलो सख्यामा रुख मर्न सक्छ, फङगसले हरियो रुखको पात तथा मुनामा आक्रमण गरि त्यसको जरा तथा चुरोमा आक्रमण गरि रुख सुकाउने गरेको पाईन्छ, तर यहाँ फङगस नभई लिफ डिफोलिटर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
सधै हरियो रहने सालका रूख फेदैबाट सुक्दै मर्ने गरेर वन सखाप हुन थालेको छ । महाभारत पहाडमा पर्ने सालघारी मैनामैनी, रामपुरठोक्सिला, बसाहा, शिखरमाडी चौदण्डीगढी, देवधार, साउने, खाँबु, नेपालटार, रिस्कु, कटारी क्षेत्रको वन क्षेत्रका सालका रूख सुकेर वन उजाड भएको स्थानीयबासीले बताए । वनको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका वन प्राविधिक नेत्र रेग्मीका अनुसार सिपाही किराको आक्रमणले रूख सुक्दै गएको हो । पुर्वको चौदण्डीगढी नगरपालिकाको ७ नम्बर वडाको पन्चकन्या, शिखर कोसेढुंगा सामुदायिक वन क्षेत्रमा मात्र ३ सय हेक्टर भन्दा बढी क्षेत्रको जंगल सुकेको जनाएको छ ।
उदयपुरमा झन्डै आठ महिना यता वन क्षेत्रमा धेरै ठूलो संख्यामा रूख सुकेका छन । महाभारत क्षेत्रमा पानीको श्रोत सुक्दै जाँदा वन जंगलमा समस्या हुने गरेको थियो । तर अहिले बर्षातको पानीको चिसो घट्ने समय भइ नसकेको स्थानीयबासीले बताए । ‘वर्षातको चिसो सुक्ने बेला भएको छैन एक सामुदायिक वनका अध्यक्ष रामनारायण चौधरीले जनाए । त्यसैले कातिकको दोश्रो सातामै रूख सुक्नु चिसोका कारणले नभएको उनको भनाई रहेको छ ।
अहिले वन क्षेत्रमा पर्याप्त चिसो रहेको वन कर्मचारी बताउँछन । त्यसैले चिसोका कारणले रूख सुक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । त्यसमा पनि चैत, बैशाखमा समेत साल र सल्लोको पात सुकेर झरे पनि बोट सुक्ने समस्या नहुने वन कर्मचारीले बताए । कटारी नगरपालिका १०, ११, १३ र १४ का वडाका वनमा रूख सुक्दै गएका छन । ‘एक्कासि ठूलो संख्यामा हरियो रूख सुक्दै जानु चिन्ताको विषय हो,’ सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले भने, ‘उदयपुर जिल्लामा यो पहिलो पटक आएको समस्या हो । ठूलो क्षेत्रफलमा रूख सुक्दै गएकाले वन विनाश हुने सम्भावना बढेकाले यसको रोकथाम, नियन्त्रण र उपचारका लागि महासंघले चाँडै काम थाल्ने उनले बताए । वन क्षेत्रमा हरियो रूख सुक्दै गएको भन्ने जानकारी पाएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका प्रमुख दानबहादुर श्रेष्ठले बताए । रूख सुक्दै गएको विषयमा अध्ययन थालिएको र माथिल्लो निकायमा समेत जानकारी गाराइएको उनले बताए ।
‘ठूलो संख्यामा रूख सुक्नु भनेको रूखमा रोग किराले हुनसक्छ, ढुसी (फङ्गस) वा रूखमा कडाखाले रोगले सुक्नु पर्ने हो’, डिभिजन वन कार्यालय गाईघाटका प्रमुख आर्चायले वताए । ‘ढुसी किरा (फङ्गस) ले बिशेष गरेर ठूलो संख्यामा एकै पटक रूख सुकाउन सक्छ । त्यस प्रकारको रोग फैलिएमा वन पुरै सखाप पनि हुन सक्छ, तर प्रारम्भिक रिर्पोट अनुसार अग्लो, त्यसमा पनि पोल साईजको सालको रुख बढी सुकेकाले फङगस नभई लिफ डिफोलिटर हुन सक्ने डिभिजन प्रमुख आचार्यको भनाई रहेको छ । जुन रुखमा लिफ डिफोलिटर लागेको छ, त्यसबाट हटेमा पुन रुख रिब्याग एक वर्षपछि हरियो हुने वा पातमा आक्रमण गरेकाले रुख सुके जस्तो देखिएता पनि हरियो नै हुने र किरा हटे पुन पात पलाउन सक्ने जानकारी दिए । पात पलाएमा रुखले खाना बनाउन सक्ने भएकाले नसुक्ने किरा हटन् नसकेमा सुकेर जानेछ, कटारी र पुर्वि भागमा बढी सुकेको जानकारी आएको छ ।

तपाईको प्रतिक्रिया