वीर अस्पतालको लिफ्ट चुँडियो : सप्तरीका दुई मजदुरको मृत्यु, एक घाइते
काठमाडौं- वीर अस्पतालको नवनिर्मित भवनमा रहेको लिफ्ट चुँडिदा सोही ठाउँ काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
ज्यान गुमाउनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्।
उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार उनको रक्तश्राव रोकिएको छ...










