जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, विरामी तान्न निजीको अफरै अफर
उदयपुर । प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीहरू समस्यामा परेका छन् । अस्पतालमा एक्स–रे सेवा उपलब्ध नहुँदा दुर्घटना तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीहरू निजी अस्पताल वा जिल्लाबाहिरका स्वास्थ्य संस्थामा जान बाध्य भएका हुन् ।
जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने प्रादेशिक जिल्ला अस्पतालमा एक्स–रे सेवा अवरुद्...













