कोरोनाको त्रासले विद्यालयमा मास्क वितरण
उदयपुर । कोरोना फैलिन नदिन त्रियुगा नगरपालिकाले विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको छ ।
सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि त्रियुगा नगर स्तरीय परीक्षामा सामेल कक्षा ८ का विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो ।कोरोनाबाट सुरक्षित राख्न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि २ हजार पाँच सय विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरुलाई मास्क बितरण गरिएको हो ।
...













