काठमाडौं । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले विश्वव्यापी बनेको छ । नेपालमा पनि कोरोनाको जोखिम उच्च रहेको देखिएकाले जनमानसमा त्रास बढेको छ ।तर सामान्य स्वास्थ्य सजगता अपनाउन सके कोरोनाबाट बच्न सकिन्छ । काठमाडौंसहित देशैभर कोरोना त्रासका कारण मास्कको अभाव देखिएका बेला युनिसेफले भने एन ९५ मास्क नै लगाउनु र नलगाउनुले कोरोनाको असरमा कुनै फरक नपर्ने जनाएको छ ।
कोरोना भाइरस आकारमा ठूलो हुने भएकाले जुनसुकै मास्कले पनि यसलाई रोक्न सक्ने बताइएको छ । त्यसैले मेडिकल व्यावसायीले मास्कमा कालो बजारी गर्न आवश्यक नरहेको युनिसेफले जनाएको छ ।
कोरोना भाइरसको असर
कोरोना भाइरस जमीनमा रहने भएकाले हावाको माध्यमबाट सर्ने सम्भावना निकै कम हुन्छ ।
कोरोना भाइरस धातुको सतहमा १२ घण्टासम्म जीवित रहन्छ ।
कोरोना भाइरस कपडामा रहेको अवस्थामा ९ घण्टासम्म जीवित रहन्छ ।
कोरोना भाइरस मानिसको हातमा १० मिनेटसम्म जीवित रहन्छ ।
यसबाट कसरी बच्ने  ?
कोरोनाको संक्रमणबाट बच्नका लागि सामान्य सुरक्षाका उपायहरु अपनाउन पनि युनिसेफले आग्रह गरेको छ । जसअन्तर्गत २६/२७ डिग्रीभन्दा माथिको तापक्रममा बस्नु उपयुक्त रहेको छ ।
सकेसम्म आइसक्रिमलगायतका ठण्डा खानेकुरा नखाने, तातो पानी पिउने, घाममा बस्ने, साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्दछ । यस्तै अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग पनि उपयुक्त मानिएको युनिसेफले जनाएको छ ।

तपाईको प्रतिक्रिया