विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएको ३ दिनसम्म आईसीयूमा राखेको आरोप लागेको छ । सुनसरीका एक विरामीको मंगलबार बिहान मृत्यु भएको तर अस्पतालले आईसीयूमा राखेर उपचार भइरहेको नाममा रकम असुलेको मृतकका आफन्तले आरोप लगाएका हुन् ।
भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मृत्युपश्चात पनि अस्पतालले औषधी किन्न लगाएर रकम असुलेको आफन्तको गुनासो छ ।
मन्सुरीकी पत्नी रुक्सार खातुनकाअनुसार बुधबार राति र बिहीबार बिहान १० बजे औषधी खरिद गर्न लगाएको र रगत जाँचका लागि पैसा तिर्न लगाएर उपचार भइरहेको स्वाथ्यकर्मीले बताएका थिए। तर मन्सुरीको भने मंगलबार बिहान नै मृत्यु भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया