भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा
सोलुखुम्बु / सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफँै सडकमा आएर सवारी जाँचको अनुगमन गर्नुभएको छ । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो पटक हो ।
पछिल्लो समय जिल्ला प्र...












