उपत्यकामा अलपत्र परेकालाई शुक्रबार र शनिबार घर फर्कन दिने सरकारको निर्णय

उपत्यकामा अलपत्र परेकालाई शुक्रबार र शनिबार घर फर्कन दिने सरकारको निर्णय
काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् । भौतिक पूर्वाधार तथा यातायात...

उदयपुरमा साता यता दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

उदयपुरमा साता यता दुई सय हेक्टर वन क्षेत्रमा डढेलो
उदयपुर । जिल्लाका सामुदायिक वन उपभोक्ता समुहहरु कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम न्यूनीकरणमा सक्रिय हुँदा वनमा डढेलो सुरु भएको छ । साता यताको डढेलोले झण्डै २ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटले जनाएका छन । डिभिजन वन कार्यालय गाईघाटको कार्यक्षेत्र अन्तर्गतका आधा दर्जन बढी सामुदायिक वन क्षेत्रमा डढेलो लागेको हो । सामुदायिक वन उपभोक्ता समूहले आफनै समूहमा रहेको ‘ग...

उदयपुरका पत्रकारलाई सुरक्षा कवज सहयोग

उदयपुरका पत्रकारलाई सुरक्षा कवज सहयोग
उदयपुर । उदयपुरका क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षाका लागि एक व्यवसायीले सुरक्षा कवज उपलब्ध गराएका छन् । महामारीको अवश्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गरेको भन्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष रमेश रसाईली नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत स्वास्थ्य सुरक्षा सेनिटाइजर र मास्क उपलब्ध गराएका हुन् ।सो अवसरमा उपाध्यक्ष रसाइलीले प्रतिकुलु अवश्थामा ज्यानको जोखिम...

गाईघाटको पेट्रोल पम्पहरुको अनुगमन

गाईघाटको पेट्रोल पम्पहरुको अनुगमन
उदयपुर । घरेलु तथा साना उद्योग कार्यालयले साझेदार निकायसंगको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । लकडाउनको अवसरमा पेट्रोल पम्पले तेल नदिने तथा पछिल्लो पटक पेट्रोलियम पदार्थमा घटेको मूल्यमा विक्री वितरण नगरेको गुनासो बढेपछि तीन पम्पमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त निर्देशक पाक्रम खाँ चौधरीको नेतृत्वमा गरिएको हो ।अनुगमनमा एस.के. टे«डर्स पेट्रोल पम्प गाईघाट, रियाज पेट्रो...

रौतामाई गाउँपालिकाद्वारा दुई सय ३१ परिवारलाई राहत

रौतामाई गाउँपालिकाद्वारा दुई सय ३१ परिवारलाई राहत
उदयपुर । लकडाउनको समयावधि बढेसँगै गरिव तथा विपन्न परिवारमा भोकमारी देखा पर्न थालेपछि उदयपुरको रौतामाई गाउँपालिकाले पहिलोपटक राहत वितरण सुरु गरेको छ ।दिनभर मजदुरी गरी विहान वेलुकाको दुई छाकको गर्जो टार्दै आएका ज्याला मजदुरी र विपन्न परिवारको अवश्था नाजुक बन्दै गएपछि चार गाउँपालिका मध्ये सबैभन्दा पहिला रौतामाईले मजदुरलाई राहत वितरण सुरु गरेको हो । अन्य गाउँपालिकाले तथ्यांक संकलन गरिरहेको जनाएका छन् ...

त्रियुगा नगरपालिकाद्वारा कोरोना रोकथामको लागि १ करोडको कोष स्थापना

त्रियुगा नगरपालिकाद्वारा कोरोना रोकथामको लागि १ करोडको कोष स्थापना
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि १ करोडको कोष स्थापना गरेको छ । त्रियुगा नगर कार्यपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भई रहेको समयमा आफनो नगर क्षेत्रमा सजकता अपनाईएको बजेट बिनियोजन गरेका हुन । भाईरसलाई रोकथाम गर्नको निम्ति त्रियुगा नगरपालिकाले १ करोड रुपैयाको आवश्यक सामग्री खरिद गर्नका ल...

उदयपुरमा कालाबजारी मौलायो, ग्यासमा १२ रुपैया ५० पैसा बढी असुल

उदयपुरमा कालाबजारी मौलायो, ग्यासमा १२ रुपैया ५० पैसा बढी असुल
उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले देश आक्रान्त भईरहेको अवस्थामा उदयपुरमा कालाबजारी मौलाएको छ । सरकारले दैनिक उपभोग्य बस्तुमा मूल्य भन्दा १० प्रतिशत कम गर्न व्यवसायीहरुलाई भनिरहेको अवस्थामा भने उदयपुरमा ग्यास तथा खाद्यन्न पदार्थमा प्रचलित मूल्य भन्दा बढी लिइरहेको पाइएको छ । लकडाउनको मौका छोपी उदयपुरको सदरमुकाम गाईघाटमा केही दिनदेखि भित्रएको ग्यास तथा खा...

उदयपुर सिमेन्ट उद्योगद्वारा बाणिज्य संघलाई ५ सय बोरा सहयोग

उदयपुर सिमेन्ट उद्योगद्वारा बाणिज्य संघलाई ५ सय बोरा सहयोग
उदयपुर । लकडाउनको समयमा विपन्न समुदायलाई राहत वितरणमा संघसंस्था पनि जुटेका छन् । दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सरकारी स्वामित्वबाट संचालित उदयपुर सिमेन्ट उद्योगले सिमेन्टको ५ सय बोरा राहत सामग्री प्याकिङ्ग गर्न त्रियुगा उद्योग वाणिज्य संघलाई सहयोग गरेका छन् । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले राहत सामग्री प्याकिङ्ग गर्न माग बमोजिम सि...

मनकारी समाजसेवी महेश रेग्मी : त्रियुगा नगरपालिकाको कोरोना विपद राहत कोषमा ५ लाख बढी सहयोग

मनकारी समाजसेवी महेश रेग्मी : त्रियुगा नगरपालिकाको कोरोना विपद राहत कोषमा ५ लाख बढी सहयोग
उदयपुर । लकडाउनको समयमा त्रियुगा नगरपालिका भित्र दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उदयपुरका समाजसेवी महेश रेग्मीले सहयोग गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ११ निवासि रेग्मी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको दैनिकीमा सहज पुर्याउने उद्देश्यले ५ लाख २१ हजा ३ सय ३३ रुपैयाँ बराबरको चेक मेयर बलदेव चौधरीमार्फत विपद राहत कोषलाई सहयोग गरेको ...

त्रियुगा नगर सरकार जनताको सेवामा जुटे, दैनिक मजदुरी गर्नेको घरघरमा दालचामल

त्रियुगा नगर सरकार जनताको सेवामा जुटे, दैनिक मजदुरी गर्नेको घरघरमा दालचामल
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधि राहत बोकेर विपन्नको घरघरै पुग्ने भएका छन् । मजदुरी गर्न नपाएर खाने खर्च जुटाउन नसकेका मजदुरले दाल चामल पाएका छन् । कोरोना भाइरसको आक्रान्तले देश नै लकडाउनमा रहेको अवस्थामा दैनिक गुजारा गर्दै आएका मजदुरहरुलाई राहत वितरणको काम त्रियुगा नगरपालिका २ बाट शुरु गरिएको हो । त्रियुगा नगरपालिकाले त्रियुगा नगर कोष नै खडा गरेर दाल चामल वितरण थालेको हो । त्र...