उदयपुर । लकडाउनको समयमा विपन्न समुदायलाई राहत वितरणमा संघसंस्था पनि जुटेका छन् । दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सरकारी स्वामित्वबाट संचालित उदयपुर सिमेन्ट उद्योगले सिमेन्टको ५ सय बोरा राहत सामग्री प्याकिङ्ग गर्न त्रियुगा उद्योग वाणिज्य संघलाई सहयोग गरेका छन् ।
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले राहत सामग्री प्याकिङ्ग गर्न माग बमोजिम सिमेन्टको ५ सय खाली बोरा उपलब्ध गराएको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिए ।
नोट : सामाचारमा खाली बोरा उपलब्ध गराईएको हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ । का.सम्पादक

तपाईको प्रतिक्रिया