उदयपुरका पत्रकार र शिक्षकसहित चार जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज

उदयपुरका पत्रकार र शिक्षकसहित चार जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
उदयपुर । उदयपुरमा कोरोना संक्रमित भएको थप चार जना कोशी कोरोना विशेष अस्पतालबाट विहिबार डिस्चार्ज भएको छ । डिस्चार्ज हुनेहरुमा राकेश नेपाली, रहमत तुल्ला, साविर अलि, कविरा खातुन रहेका छन् । राकेश नेपाली पत्रकार हुन् । उनी बैशाख ३१ गते गरेको पिसिआर टेष्टको परीक्षणमा कोरोना संक्रमित देखिएको थियो । साविर अलि र रहमत तुल्ला बैशाख ६ गतेको पिसिआर परीक्षणमा संक्रमित देखिएका थिए । साविर अलि व्यवसायी हुन् ...

उदयपुरमा १२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ

उदयपुरमा १२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ
उदयपुर । जिल्लाको कटारी नगरपालिकाको एक १२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ रहेको डाक्टरले पुष्टी गरेको छ । बालिकाको स्वास्थ्यमा समस्या आएपछि गत आईतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा ८ हप्ताको गर्व रहेको खुलेको हो । पिसाव र अल्ट्रासाउण्ड प्रविधीबाट तीन पटकसम्म परीक्षणगर्दा पेटमा वच्चा रहेको डाक्टरले पुष्टि गरेपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको विस्तृत जानकारी गराए...

सिरहामा संक्रमितको संख्या ४७ पुग्यो

सिरहामा संक्रमितको संख्या ४७ पुग्यो
लहान । सिरहाको १७ स्थानीय तहमध्ये ९ वटा पालिकामा गरी संक्रमितको संख्या ४७ पुगेको छ । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेको १७ जनामा कोरोना संक्रमितको संख्या ४७ पुगेको हो । सिरहा नगरपालिका वडा नं. ६, १२, १४ र २१ मा १-१ जना, वडा नं. १५ मा २ वना, वडा नं. १७ मा ४ जना, वडा नं. १९ र २० मा ३-३ जना र एक जनाको वडा स्पष्ट नभएको सहित थप १७ जनामा कोरोना...

लकडाउन उलंघन गर्ने एक सय ५ सवारी साधन प्रहरी नियन्त्रणमा

लकडाउन उलंघन गर्ने एक सय ५ सवारी साधन प्रहरी नियन्त्रणमा
उदयपुर । लकडाउन उलंघन गरेको आरोपमा एक सय पाँच सवारी साधन र मानिस नियन्त्रणमा लिइएको थियो । त्रियुगा नगरपालिका ३ स्थित बसपार्क, गाईघाट बजार लगायतबाट सवारी साधन र मानिस नियन्त्रणमा लिइएको हो । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउनका लागि सवारी साधन नचलाउन, बाहिर नहिड्न भन्दै पटक पटक सम्झाए पनि सवारी धनीले नटेरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दि...

उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

उदयपुरमा  कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ
उदयपुर ।  कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १ छुईला बस्ने ५३ वर्षिय मानबहादुर विक रहेको छ । फरार अभियुक्तलाई चौदण्डीगढी नगरपालिका ८ स्थित विरेन्द्र बजारबाट इलाका प्रहरी कार्यालय बेल्टार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई अन्य थप अनुसन्धानको लागि बेल्टारमा राखिएको छ । पक्राउ परेको व्यक्ति २०६७ साल असोज ११ गतेदेखि फरार रहेका...

उदयपुरमा जबरजस्ती करणीको प्रयासमा एक युवा पक्राउ

उदयपुरमा जबरजस्ती करणीको प्रयासमा एक युवा पक्राउ
उदयपुर । उदयपुरमा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेको छ । शनिबार त्रियुगा नगरपालिका ८ स्थित एक २६ वर्षिय महिलालाई आफ्नै मकैबारीमा घाँस काटिरहेको अवस्थामा स्थानीय २५ वर्षिय प्रकाश दनुवारले जबरजस्ती करणी प्रयास गरेको गरेको थियो । जबरजस्ती करणी प्रयासमा आइतबार प्रहरीमा जाहेरी दिएपछि दनुवार पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले प...

नेपालमा १६६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

नेपालमा १६६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो
काठमाडौं । नेपालमा आइतबार १ सय ६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसमध्ये ४ जना महिला हुन् भने अन्य १ सय ६२ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हालसम्म कोरोना ...

भारतीयद्वारा दशगजामा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास, एक राउन्ड हवाई फायर

भारतीयद्वारा दशगजामा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास, एक राउन्ड हवाई फायर
काठमाडौँ । सर्लाहीका विष्णु गाउँपालिका– पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपको क्रममा मानवीय क्षति भएको छैन । ३०–४० जनाको भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ । भारतीय नागरिकको समूहले हुल बाँधेर प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गरिएको सशस्त्रका प्रवक्ता प्रविण कुमार श्...

एक हप्तामा ८१७ जनामा कोरोना भाइरसको संक्रमण

एक हप्तामा ८१७ जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं – नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा शनिबार अपराह्न ४ बजेसम्म संक्रमित भएका १ हजार ४०१ को आधाभन्दा बढी हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो। बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्र...

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या १४०१ पुग्यो

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौं । नेपालमा २४ घण्टाको अवधिमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा श...