उदयपुर । उदयपुरमा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेको छ । शनिबार त्रियुगा नगरपालिका ८ स्थित एक २६ वर्षिय महिलालाई आफ्नै मकैबारीमा घाँस काटिरहेको अवस्थामा स्थानीय २५ वर्षिय प्रकाश दनुवारले जबरजस्ती करणी प्रयास गरेको गरेको थियो ।
जबरजस्ती करणी प्रयासमा आइतबार प्रहरीमा जाहेरी दिएपछि दनुवार पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्धा दर्ता गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया