उदयपुर ।  कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १ छुईला बस्ने ५३ वर्षिय मानबहादुर विक रहेको छ ।
फरार अभियुक्तलाई चौदण्डीगढी नगरपालिका ८ स्थित विरेन्द्र बजारबाट इलाका प्रहरी कार्यालय बेल्टार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई अन्य थप अनुसन्धानको लागि बेल्टारमा राखिएको छ । पक्राउ परेको व्यक्ति २०६७ साल असोज ११ गतेदेखि फरार रहेका थिए ।

तपाईको प्रतिक्रिया