उदयपुर । उदयपुरमा कोरोना संक्रमित भएको थप चार जना कोशी कोरोना विशेष अस्पतालबाट विहिबार डिस्चार्ज भएको छ । डिस्चार्ज हुनेहरुमा राकेश नेपाली, रहमत तुल्ला, साविर अलि, कविरा खातुन रहेका छन् । 
राकेश नेपाली पत्रकार हुन् । उनी बैशाख ३१ गते गरेको पिसिआर टेष्टको परीक्षणमा कोरोना संक्रमित देखिएको थियो ।
साविर अलि र रहमत तुल्ला बैशाख ६ गतेको पिसिआर परीक्षणमा संक्रमित देखिएका थिए । साविर अलि व्यवसायी हुन् भने रहमत तुल्ला सप्तरीका भएपनि भुल्केका स्थानीय मदरशाको शिक्षक हुन् । कविरा खातुन व्यवसायीको भदैनी हुन् ।
खातुनका हजुरआमा, काका, दुई भाई, फुपु पनि संक्रमित भएका थिए । उनीहरु यसअघि नै डिस्चार्ज भईसकेका छन् ।
उदयपुरमा संक्रमित ३३ मध्ये ३१ जना डिस्चार्ज भएका छन भने एक नेपाली जमाती र पछिल्लो चरणमा संक्रमित ४३ वर्षिय महिला अझै कोशी कोरोना विशेष अस्पताल विराटनगरमा उपचाररत रहेका छन् ।
यस्तै झापाका ७ पुरुष, मोरङको विराटनगर–६ की १ महिला, सुनसरीका ४ पुरुष रहेका छन् ।
त्यसै गरी धनकुटाका २ महिला र २ पुरुष गरी ४ जना, खोटाङका १ पुरुष र सप्तरीका १ पुरुष रहेका छन् । उनीहरु १६ देखि ५७ वर्षका रहेका छन् ।
प्रदेश १ को कोभिड १९ उपचार केन्द्रमा अब उपचाररत संक्रमितहरुको संख्या १४ जनामात्रै छ । पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरिएकोमा २७ जनाको रिपोर्टमा नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै विराटनगरस्थित कोभिड अस्पतालबाट कोरोनामुक्त भएर फर्किनेको संख्या ५७ पुगेको हो ।









