उदयपुर । लकडाउन उलंघन गरेको आरोपमा एक सय पाँच सवारी साधन र मानिस नियन्त्रणमा लिइएको थियो । त्रियुगा नगरपालिका ३ स्थित बसपार्क, गाईघाट बजार लगायतबाट सवारी साधन र मानिस नियन्त्रणमा लिइएको हो ।

त्रियुगा नगरपालिका ३ स्थित बसपार्कमा लकडाउन उलंघन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको । तस्विर : नागरिक बहस

कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउनका लागि सवारी साधन नचलाउन, बाहिर नहिड्न भन्दै पटक पटक सम्झाए पनि सवारी धनीले नटेरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।
७७ वटा मोटर साइकल र स्कुटर, २६ वटा मोटर साइकलको चावी, एक कार र एक ट्याक्टरलाई नियन्त्रणमा लिइएको एसपी मगरले बताए ।
कोरोना भाईरसको संक्रमणबाट बच्नु पर्ने अहिलेको जटिल परिस्थितिलाई नागरिकहरू आफैले बुझेर सतर्क र सुरक्षित रहन सरकारको आव्हान छ । नागरिककै स्वास्थ्य सुरक्षाको निम्ति लकडाउन गरिएको भन्दै अटेर गर्नेहरु कारवाहीमा पर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया