लहान । सिरहाको १७ स्थानीय तहमध्ये ९ वटा पालिकामा गरी संक्रमितको संख्या ४७ पुगेको छ । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेको १७ जनामा कोरोना संक्रमितको संख्या ४७ पुगेको हो ।
सिरहा नगरपालिका वडा नं. ६, १२, १४ र २१ मा १-१ जना, वडा नं. १५ मा २ वना, वडा नं. १७ मा ४ जना, वडा नं. १९ र २० मा ३-३ जना र एक जनाको वडा स्पष्ट नभएको सहित थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सोमबार मात्रै क्वारेन्टाइनमा रहेका ५ जना संक्रमित पुष्टी भएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादबले बताए ।
यस अघि लहान नगरपालिकामा ८ जना, धनगढीमाई नगरपालिकामा २ जना, बरियारपट्टी गाउँपालिकामा ५, भगवानपुर गाउँपालिकामा ४, कल्याणपुर नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नवराजपुर गाउँपालिकामा १-१ जना संक्रमित थपिएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार २ जना समेत संक्रमित पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया