उदयपुरमा बैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा बैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी विहिबार साँझ ५ बजे पक्राउ परेको छ । जिल्ला अदालत उदयपुरको फैसलाले बैदेशिक रोजगार ठगी मुद्धामा १ लाख ५० हजार र १ बर्ष ६ महिना ३ दिन कैद भई फरार रहेको फरार प्रतिबादी चौदण्डीगढी नगरपालिका ३ थुलुङडाँडा बस्ने ४३ वर्षिय सुजन राई पक्राउ परेको छ । गोप्य सूचनाका आधारमा आफ्नै घर वतनमा लुकिछिपी बसिरहेको अबस्थामा ईलाक प्रहरी कार्यालय बेल्टारबाट खटिए...













