उदयपुर । उदयपुरका एक पुरुष आफ्नै बालिका छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । छोरीलाई पटक पटक जबरजस्ती गरेको आरोपमा बिहीबार सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटका ४० वर्षिय बाबु पक्राउ परेका हुन् ।
बाबुले १३ वर्षीया छोरीमाथि पटकपटक जवरजस्ती गर्दै आएको विशेष सूचना अनुसार जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ । अभियुक्त बाबुलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।









