उदयपुरमा ब्राउन सुगर सहित ५ युवक पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका २ बस्ने ३१ वर्षिय रेवत कुमार खाती, त्रियुगा नपा ४ बस्ने ३२ वर्षिय देवेन्द्र मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
यस्तै त्रियुगा नपा ३ बस्ने रोहित कुमार चौधरी, सोही वडा बस्ने ३३ वर्षिय जगसन राई, अर्का सोही वडा बस्ने ३८ वर्षिय पर्वत दाहाल समेत लागूऔषध सहित पक्राउ परेको छ ।
अबैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत त्रियुगा नगरपालिका २ लुहाले खोला फत्तेपुर सडक किनारबाट ३ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









