आज भ्यालेन्टाइन्स डे
काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल...













