उदयपुर । उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) संक्रमणको दर बढ्दै छ । हालसम्म उदयपुरमा कोभिडबाट ३ जनाको मृत्यु भइसकेको छ, भने कुल संक्रमितको संख्या १०५ जना पुगेको छ ।

यसरी कोभिडका संक्रमितको संख्या बढ्दै गएपछि उदयपुरमा स्थानीय प्रशासनले ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतवार (बैशाख १९) देखि आगमी बैशाख २५ गते शनिबारका दिनसम्म रोक लगाएका सवारी साधन अहिले ग्रमिण क्षेत्रमा खुलेआम चलिरहेका छन् ।गएको शनिबार प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाँइको अध्यक्षमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले निर्णय खुलेआम उलंघन भएको छ । कोभिड संक्रमण बढ्न नदिन आउँदो २५ गतेससम्मलाई सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय ग्रमिण क्षेत्रमा कार्यन्वयमा छैन् ।

जुन निर्णय कार्यन्वय नहुँदा गाउँ गाउँमा साना सावरी साधनले यात्रुहरु बोकीरहेका छन् । संक्रमण बढेका सहर काठमाडौं, विराटनगर लगायतका क्षेत्रबाट गाउँ फर्कनेहरु सिधैँ गाउँ छिरिरहेका छन् । जिल्ला बाहिरबाट आउनलेलाई रोक्न यातयात बन्द गरेपनि अहिले ग्रमिण क्षेत्रमा कार्यन्वयन नहुँदा कोभिडको त्रास बढिरहेको उदयपुरगढीका स्थानीय गम्भिरबहादुर मगर बताउँछन् ।उनि भन्छन, ‘संक्रमित क्षेत्रमा गाउँ आउनेहरुलाई रोक्न जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) ले यातयात बन्द गरेको भन्ने सुनेको थिएँ, अहिले गाउँमा चल्ने बोलेरो गाढीहरु धमाधम यात्रु ल्याइरहेका छन्, बाहिरबाट आउनेहरु न क्वारेन्टाइनमा बस्नु पर्छ, न समान्य परीक्षण (ज्वरो जाँच) समेत गरेको पाईदैन, अनि भोली यदी कोरोना लिएर आएको रहेछ भने भोलीको अवस्था के हुन्छ त ?’

सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपनि उदयपुरको प्रमुख व्यापरिक केन्द्र कटारीमा बोलेरोले क्षमताभन्दा बढी यात्रु बोकेर गाउँ छिरिरहेको स्थानीयको गुनासो छ । दुर्घटनाको जोखिमसँगै कोरोनाको जोखिम पनि बढेको कटारी नगरपालिकाका स्थानीय नेत्र श्रेष्ठ बताउँछन् । उनि भन्छन, ‘खुलेआम क्षमता भन्दा बढी यात्रु बोकेर हिड्दासमेत प्रसाशन मौन बसेको छ, कोरोनाको महामारी छ । बोलेरोले २५ जनासम्म यात्रु बोकिरहेको छ, तर प्रहरी मुखदर्सक भएर बसेको छ ।’ कटारी क्षेत्रमा मात्र होइन । जिल्लाको ग्रामिण क्षेत्रमा बोलेरो गाडीहरु खुलेआम चलिरहेका छन् ।कोरोनाको पहिलो चरणमा स्थानीय तह, वडा कार्यालयले बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका थिए । सामान्य रुपमा स्वास्थ्य मापदण्ड समेत अपनाइएको थियो । अहिले त्यो पनि नभएको अवस्थामा खुलेआम बोलेरो गाडी छिर्दा गाउँका स्थानीय त्रसित बनेको कटारी नगरपालिकाका स्थानीय रामबहादुर लुङ्गेली मगर बताउँछन् ।

उनि भन्छन, ‘हामीले गाउँकार आफन्त नर नाता आउँदा विरोध गर्न मिल्दैन, कोरोना संक्रमित क्षेत्रबाट आएको छ, हामीले तपाँइले कोरोना ल्याउनु भयो भन्न पनि मिलेन, अनि यसमा प्रहरी प्रशासन, स्थानीय सरकार, वडा कार्यालयका जनप्रतिनिधिले ध्याँन दिनु पर्ने होइन् ?’यस्तै उदयपुरकै सदरमुकाम गाईघाट आसपासमा किसानको खेत जोत्न जाने ट्याक्टरलाई रोक लगाईएको पाइएको छ भने ठूला ठूला कम्पनी, ठेक्केदारहरुको ट्रक, टिफर, कसमस सिमेन्टको टिफरलाई खुल्लेआम आवतजावत गर्न दिइएको पाइएको छ । यस्तै ठूला ठूला व्यवसायीहरुको मालबहाक ट्रकमा मानिसहरु ओसारेको पनि पाइन्छ ।

डिसिसिएसीले सदरमुकाम गाईघाट, कटारी, बेलार, रामपुर र मुर्कुचीजस्ता बढी भिडभाड र चलखेल हुने बजार र व्यापारिक केन्द्रहरु विहान १० वजेदेखि दिउँसो ३ वजेसम्म खोल्ने र जिल्लामा यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । अहिले त्यही निर्णय कार्यन्वयमा फितलो बनेको छ ।

डिसिसीएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले डिसिसीएमसीको बैठकको निर्णय कडाइका साथ लागु गरेको बताउँछन् । उनि भन्छन्न,‘कतै कतै छुठपुट चलेको भएपनि जानकारी आएपछि कारबाही गर्दछौँ ।’ घर आउनेहरुलाई रोक्न सक्दैनौँ, प्रक्रिया पु¥याएर आएको भए दिनुपर्छ, निरन्तर यात्रु ओसार पसार गरिरहेका सवारी साधानको सुचना पाए कारबाही गर्दछौँ ।’

तपाईको प्रतिक्रिया