उदयपुर । उदयपुरमा टिकटक बनाउने क्रममा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर धरान उपमहानगरपालिका ५ का १८ वर्षिय युवक सुवास परियारको मृत्यु भएको छ ।

धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना.१ च ३३७० नम्बरको सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी (एसपी) भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया