उदयपुर । उदयपुरमा शनिबार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १२ महिला र १५ पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्रियुगा नगरपालिकामा ५ जना महिलासहित १२ जना, चौदण्डीगढी नगरपालिकामा ४ महिला सहित ६ जना, रौतामाई गाउँपालिकामा २ महिला सहित ५ जना, कटारी नगरपालिकामा एक महिला र एक पुरुष र बेलका नगरपालिकामा एक पुरुषमा कोरोना पुष्टी भएको हो ।उदयपुरमा कोरोना संक्रमितको संख्या ६५ महिला सहित १७१ पुग्यो । त्रियुगा नगरपालिकामा ४३ महिला सहित १०३ जना, कटारी नगरपालिकामा ७ महिला सहित १८ जना, बेलका नगरपालिकामा २ महिला सहित ११ जना, चौदण्डीगढी नगरपालिकामा ८ महिलासहित २३ जना, रौतामाई गाउँपालिकामा ३ महिलासहित १० जना, उदयपुरगढीमा २ महिलासहित ५ जना र लिम्चुङबुङ गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म २ महिला र २ पुरुष गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ भने २ महिला सहित ३ जना मात्रै कोरोना संक्रमण मुक्त भएको छ ।

तपाईको प्रतिक्रिया