साढे १० केजी गाँजा सहित एक जना पक्राउ
उदयपुर / उदयपुरमा साढे १० केजी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ३ भोर्लेनीबाट प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा फत्तेपुर तर्फ गईरहेको को. ३२ प ३८५४ नम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका ७ बस्ने बर्ष २२ को तुलसी राईलाई...













