काठमाडौं / कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायत अन्य ट्रड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड–युनियनहरू नै खारेज गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । संविधानअनुसार कर्मचारी समायोजन थाल्दा त्यसको विरोध गरेको भन्दै सरकार ट्रेड युनियन प्रति आक्रामक बनेको भन्ने खबर राजधानी दैनिकमा छ ।
सरकारले संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारी विरोधमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ट्रेड युनियनहरुसँग असन्तुष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका एक उच्च अधिकारीका अनुसार ट्रेड युनियनले समायोजन विरुद्ध आन्दोलनको घोषणा गरे लगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानुन ल्याउन गृहकार्य अघि बढाइएको हो ।

तपाईको प्रतिक्रिया